Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौँको आकाशमा एक्कासी तुवाँलो, बन्द भए सबै उडानहरु

    काठमाडौँको आकाशमा एक्कासी तुवाँलो, बन्द भए सबै उडानहरु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 4K
    SHARES

    काठमाडौं । आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् ।

    शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि उडानहरु प्रभावित भएका हुन्।



    विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।



    तुवाँलोले गर्दा ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण दुवै बन्द गरिएको नै बन्द गरिएको कर्णले बताए। उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

    भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएका छन् उनले भने । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार