Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलात्कार काण्डका सिद्धबाबालाई उच्च अदालतले बोलायो

    बलात्कार काण्डका सिद्धबाबालाई उच्च अदालतले बोलायो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.8K
    SHARES

    मोरङ। उच्च अदालत मोरङले बलात्कार काण्डका धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।

    शुक्रबार जिल्ला अदालतबाट बलात्कार आरोपको मुद्दामा सफाइ पाइसकेका गिरीलाई उच्च अदालतले १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो।



    उच्च अदालतका न्यायधिश प्रेमराज ढकाल र रेनुका शाहको इजलासबाट सिद्दबाबा भनिने कृष्णबहादुर गिरीलाई उपस्थित हुन आदेश आएको अदालतका अधिकारी ओम सुवेदीले बताए । ‘झगडिया झिकाउने आदेश भन्दै न्यायाधीश आदेश आएको हो,’ उनले भने ‘आदेशमा १५ दिन भित्र उपस्थित गराउन भनिएको छ ।’



    अधिकारीका अनुसार अदालतमा झिकाएर पुनः बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने छ, अब म्याद जारी गर्ने तयारी भएको छ, म्याद जारी गर्दा पनि उपस्थित नभएमा प्रहरीले ल्याउनेछ,’ सुबेदीले भने ‘उच्च अदालतले जिल्लाको फैसला बुझ्न ‘झगडीया’ झिकाएको हो ।’

    गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

    गत २०७६ कात्तिक ४ गते राती गिरीले करणी गरेको भनि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । तर जिल्ला अदालतले महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सहमतीमा भएको सम्पर्कलाई करणी भन्न नमिल्ने भन्दै फैसला गरेको थियो ।

    अदालतको सफाईपछि गिरी चतरास्थित आफ्नै आश्रममा बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार