Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ८५ जना कोरोना संक्रमित थपिदा ९३ जना डिस्चार्ज, ३ को मृत्यु

    ८५ जना कोरोना संक्रमित थपिदा ९३ जना डिस्चार्ज, ३ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९३ जना कोरोनाबाट मुक्त भएका छन् भने थप ३ जनाको ज्यान गएको जनाएको छ ।



    योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।



    मन्त्रालयका अनुसार हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयले जनाए अनुसार हालसम्म १ हजार २ सय ८८ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा २२ लाख ५९ हजार ४५ पीसीआर परीक्षण भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार