Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एक गोल पनि नगरेको नेपाल फाइनलमा, आजकै टिम बंगलादेशसँग सोमबार भिड्ने

    एक गोल पनि नगरेको नेपाल फाइनलमा, आजकै टिम बंगलादेशसँग सोमबार भिड्ने

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । गोलरहित खेल खेलेको नेपाल थ्री नेसन्सकपको फाइनलमा पुगेको छ ।

    प्रतियोगिताको अन्तिम लिगमा आज भएको खेलमा नेपाल र बंगलादेशले ०–० खेलेको हो । नेपालले बंगलादेशविरुद्धको यस प्रतिस्पर्धासँगै पछिल्ला छ खेलमा गोल गर्न सकेको छैन ।



    नेपाल बंगलादेशविरुद्धका लगातार पछिल्ला तीन खेलमा पनि गोल गर्न असफल रहेको छ । नेपालले किर्गिस्तान यू–२३ टिमविरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।



    आजको बराबरी खेलसँगै नेपाल दुई अंकमा दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । बंगलादेश भने चार अंकमा शीर्ष स्थानमा छ ।

    बंगलादेशले यसअघि नै फाइनल यात्रा तय गरिसकेको थियो । उसले पहिलो खेलमा किर्गिस्तानलाई हराएको थियो ।

    किर्गिस्तान भने दुई खेलबाट एक अंकमै सीमित रह्यो र प्रतियोगिताका तीन टिममध्ये अन्तिम स्थानमा रहेर बाहिरियो ।

    अब नेपाल र बंगलादेशबीच उपाधिका लागि सोमबार भिडन्त हुनेछ ।

    नेपालले अन्तिम पटक विश्वकप छनोटमा चिनियाँ ताइपेयीविरुद्ध दुई गोल गरेको थियो । त्यसको ६२ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए र त्यसयता लगातार ५ सय ६८ मिनेटको खेलमा नेपालले कुनै गोल गर्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार