Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाको भयकाबीच नेता, कलाकारदेखि सर्वसाधरणको घर–घरमा होलीको रौनक (फोटोफिचर)

    कोरोनाको भयकाबीच नेता, कलाकारदेखि सर्वसाधरणको घर–घरमा होलीको रौनक (फोटोफिचर)

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

    आज देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ। बढ्दै गएको कोरोना महामारीले गर्दा सरकारले सुरक्षित तरिकाले घरमै होली मनाउन आग्रह समेत गरेको छ।



    यसैबीच, होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि  रोक्न काठमाडौं उपत्यकाका ९० ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाले जनाएको छ।



    त्यस्तै, होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने समेत भएको छ ।  गतबर्षहरुमा जस्तो होलीको रौनक नभएपनि नेतादेखि कलाकारसम्म र सर्वसाधारणहरुले घरमा बसेर होली मनाएको तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालदेखि कलाकारहरु कोमल ओली, प्रियंका कार्की, एमामले नेतृ रामकुमार झाँक्री, चितवन भरतपुरकी मेयर रेणु दाहाल, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालगायतले आ–आफ्नो सामाजिक सञ्जालमा होली खेलेको तस्विर सार्वजनिक गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार