Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, वर्तमान राजनीतिक परिस्थितिबारे छलफल

    प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, वर्तमान राजनीतिक परिस्थितिबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    आज भएको भेटमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।



    सभामुख सापकोटाले पछिल्लो समयको राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

    प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच लामो समययता एक्लाएक्लै भेट भएको थिएन । गत ९ गते राष्ट्रपति बिद्यादेवी भण्डारी बंगलादेश जाँदा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटका लागि समय मागेका थिए।

    यद्दपि आजको भेटको विस्तृत जानकारी भने आइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार