Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • होलीले राष्ट्रिय एकतालाई सुदृढ बनाउने पर्यटनमन्त्री ढकालको विश्वास

    होलीले राष्ट्रिय एकतालाई सुदृढ बनाउने पर्यटनमन्त्री ढकालको विश्वास

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णि अर्थात् होली पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् ।

    फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे ।



    मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे ।



    पर्यटनमन्त्री ढकालले सन्देशमा भनेका छन्, ‘नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली)का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार