Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानमारको सैनिक दमन अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर, एक्यवद्ध हुन अपील

    म्यानमारको सैनिक दमन अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर, एक्यवद्ध हुन अपील

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भएको जनाएको छ ।

    कांग्रेसका प्रवक्ता विश्वकप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भएको बताएका हुन् ।



    म्यानमारमा प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा शनिबार मात्रै कम्तीमा ११४ जना मारिएका थिए भने हालसम्म ४ सय जना भन्दा बढिलले ज्यान गुमाइसकेका छन् ।



    विज्ञप्तिमार्फत कांग्रेसले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाव बढाउन आवश्यक देखिएको बताएको छ ।

    सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको पनि कांग्रेसले जनाएको छ ।

    प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्सनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय छ । जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ ।

    विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ । म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालि रहेका छौं । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ ।

    दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरिपनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार