Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतीय दूताबासद्धारा माइती नेपालका १५ जना विद्यार्थीलाई छात्रबृत्ति

    भारतीय दूताबासद्धारा माइती नेपालका १५ जना विद्यार्थीलाई छात्रबृत्ति

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

    काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेका १५ वटा छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।





    भारतीय दूतावासले शनिबार शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वुमेन हाइक’ को आयोजना गरेको थियो ।

    ‘महिला तथा बालबालिका बेचबिखन, ओसारपसार तथा सबै किसिमका हिंसामुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

    भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत उक्त पैदल यात्राको आयोजना गरिएको दूतावासले जनाएको छ ।

    पद्मश्री अवार्डबाट सम्मानित श्रीमती अनुराधा कोईरालाले स्थापना गरेको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ।

    पैदल यात्रामा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी श्रीमती पूजा क्वात्रासहित अन्य विभिन्न क्षेत्रमा संलग्न नेपाली महिलाहरूको उपस्थिति थियो ।

    त्यस अवसरमा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विद्यार्थीलाई भारत सरकारले दिने गरेको छात्रवृत्ति उपलब्ध गराउने बताएकी हुन् ।

    बेचबिखनमा परेका पीडित महिलाहरुको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुनयाउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।

    भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ ।

    सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार