Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरीलाई चुनौती दिंदै यसरी मनाइयो होली (भिडियो सहित)

    प्रहरीलाई चुनौती दिंदै यसरी मनाइयो होली (भिडियो सहित)

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना महामारी र खराव मौसमका कारण सरकारले यस वर्ष होली पर्वलाई घर–घरमा मात्र मनाउन आग्रह गरेको थियो । प्रहरी प्रशासनले सरकारको निर्देशन बमोजिम होलीमा सार्वजनिक स्थानमा भेला हुन नपाइने तथा समूह बनाएर होली खेलेको पाइएमा पक्राउ गरी कारबाही गर्ने जनाएको थियो ।

    तर, बसन्तपुर आज प्रहरीको निर्देशनलाई अवज्ञा गर्दै हजारौंले होली पर्व मनाए । सार्वजनिक स्थानमा भएको यस्तो भिड नियन्त्रण गर्न प्रहरी असफल सावित भएको छ ।



    समयमै भेला हुन नदिएको भए भिड नियन्त्रण हुने थियो । तर, प्रहरीको हेलचेक्र्याईले कोरोनाको महामारीका बेला हजाडौं संख्यामा एकै स्थानमा यसरी होली मनाउँदा संक्रमण फैलिने त्रास झन बढेको छ ।



    ट्राफिक प्रहरीले बाइकमा बसेका दुई समेत चोक–चोकमा ओरालेर चेकिङ गरेपनि बसन्तपुरको दृष्यले भने प्रहरीकै चेकिङलाई मजाक बनाएको छ ।

    यस्तो छ बसन्तपुरको आजको होली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार