Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • होलीमा मापसे गरि सवारी चलाउने ८२ जनामाथि कारवाही

    होलीमा मापसे गरि सवारी चलाउने ८२ जनामाथि कारवाही

    अनलाइन नेपाल
  • आइतबार, १५ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ८२ जनालाई कारवाही गरेको छ । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने २६१६ सवारी चालकहरुलाई कारबाही गरि छाडिएको छ ।

    होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरिएको थियो ।



    दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो ।



    महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखी नै कडा चेकजाँचको व्यबस्था मिलाइको थियो ।

    महाशाखाले होली पर्वलाई लक्षित गरी उपत्यकाभरि चेकप्वाइन्ट राखेको थियो ।  बिशेषगरि होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधीमा संलग्न चालकहरुमाथि निगरानी बढाई कडाईका साथ कारबाहि गरिइएको थियो ।

    रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको हो, आजदिनभरि छिटफुट दुर्घटना भएको छ ।

    उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २८ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार