Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रेशम चौधरीलाई रिहाई गर्न सरकारले बनायो वार्ता टोली !

    रेशम चौधरीलाई रिहाई गर्न सरकारले बनायो वार्ता टोली !

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

    आन्दोलनकारीहरुले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आएकोमा उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    सरकारका तर्फबाट यसअघि पनि विप्लव समूहसँगै वार्ता गरेका टोली रहेका गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेकी छन् ।



    गृहमन्त्री थापाको नेतृत्वमा गठित वार्ता टोलीले थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्ने प्रवक्ता पार्वत गुरुङले बताए।

    उनका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

    यसअघि गृहमन्त्री थापा आफै माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार