Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ब्राजिलमा कोरोना आतंक तीब्र, एकै दिन १ हजार ६५६ भन्दा बढीको मृत्यु

    ब्राजिलमा कोरोना आतंक तीब्र, एकै दिन १ हजार ६५६ भन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी।  ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार त्यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

    योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।



    गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यहाँ कूल संक्रमितको संख्या यहाँका १ करोड २५ लाख भन्दा बढी पुगेको पनि त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।



    ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा त्यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । त्यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।

    ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार त्यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै त्यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।

    ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

    त्यसैगरी यसअघि त्यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने त्यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार