Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • माओवादी र एमालेबीच तिक्तता चर्किदै, बाग्मती प्रदेशलाई दिएको समर्थन फिर्ता

    माओवादी र एमालेबीच तिक्तता चर्किदै, बाग्मती प्रदेशलाई दिएको समर्थन फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो समय देशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र दिने निर्णयले तीब्र रुप लिएको छ।

    यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।



    आज बसेको बागमती प्रदेशको माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको संसदीय दलका नेता शालिक राम जम्मर कट्टेलले बताए ।



    प्रदेशमा एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश नगर्ने तर अन्य दलसँगै विपक्षीका रूपमा खडा हुने कट्टेलले जानकारी दिए ।

    यसअघि एमालेले कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता गरेको छ भने वागमती प्रदेशमा पनि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार