Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै झाँक्रीले भनिन – हेक्का होस् पृथ्वी गोलो छ

    ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै झाँक्रीले भनिन – हेक्का होस् पृथ्वी गोलो छ

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयप्रति कडा शब्दमा आपत्ति जनाएकी छिन्।

    सोमबार अध्यक्ष ओलीले पार्टीका दुई नेताहरु माधव नेपाल र भीम रावललाई पार्टीको हित विपरित गतिविधि गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेसँगै नेतृ झाँक्रीले आपत्ति जनाएकी हुन्।



    उक्त निर्णयपश्चात् झाँक्रीले अध्यक्ष ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिँदै अरुलाई कारवाही गर्ने, गाली गर्ने अन्तिम अस्त्र रहेको बताएकी छिन्।



    सामाजिक सञ्जालमार्फत् झाँक्रीले पृथ्वी गोलो रहेको र फर्केर पुन: आफुहरुको पालो आउने उल्लेख गरेकी छिन्।

    उनले लेखेकी छिन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो ,जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्!  पृथ्वी गोलो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार