Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस कारण रंगशालामा पनि गुञ्जियो ‘केपी बा वी लभ यू !’

    यस कारण रंगशालामा पनि गुञ्जियो ‘केपी बा वी लभ यू !’

    सबिता बस्याल
  • बुधबार, १८ चैत्र २०७७
  • 4.1K
    SHARES

    सोमबारको साँझ । नेपाली फुटबलका लागि ऐतिहासिक हुनसक्ने अनुमान । त्यसैलाई आधार मानेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल, कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय फुटबल कप प्रतियोगिताको अन्तिम दिन अर्थात् उपाधि टुंगो लाग्ने दिन ।

    नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि निलम्बन गर्ने घोषणा गरेसँगै दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीले जब खेल रेफ्रीलाई फुटबल दिएर खेल सुरु भयो, त्यसपछि मैदानबाट बाहिरिने अनुमान धेरैको थियो । तर, त्यसो भएन ।



    विगत ३७ वर्षअघि देखि उपाधिबिहीन बनेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री ओलीको उपस्थिति प्रेरणादायी बन्यो । सोही कुरालाई मनन् गर्दै ओली रंगशालाको भीभीआईपी सिटमा बसेर खेल हेरे । खेलको उद्घाटन गरेलगत्तै एकछिन बसेर हिँड्ने मनसाय लिएका ओलीलाई जब १८ औं मिनेटमा ‘डेब्यूम्यान’ संजोग राईले सुनिल बलले हानेको कर्नरबाट बललाई पोष्टको दिशा देखाए, तब रोकिए ।



    उक्त गोलपछि केपी ओलीले खेलाडीको हौसलाका लागि ताली बजाए, क्यामेराहरुले ‘क्याप्चर’ गरे । खेलमा नेपाल बंगलादेशमाथि हाबी हुँदै गयो, खेलको ३० औं मिनेटमा झण्डै गोल गरेको नेपाललाई अन्ततः ४२ औं मिनेटमा विशाल राईले अर्को गोल थपे र केपी ओलीले पुनः ताली बजाए ।

    प्रधानमन्त्री ओलीको उपस्थितिमा उत्साहित भएका खेलाडीले गोल गरेपछि ओलीतिर नजर लगाउन भुलेनन् भने ओलीले पनि प्रत्येक नेपालीको उत्कृष्ट प्रदर्शन वा गोलमा ताली बजाउन भुलेनन् । ओलीले बजाएको ताली नसुनिए पनि धेरैका मोबाइल अनि क्यामेरामा कैद भएका छन् । उनले खेलाडीप्रति दर्शाएको हौसलामा हौसिएका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । पहिलो हाफको २–० को अग्रतासँगै बाहिरिने मनशाय राखेका ओली जब रोकिए तब सँगै रहेका सुवास नेम्बाङ बस्न अनुरोध गरे ।

    खेलमा नेपाल हाबी हुँदै गयो, प्रधानमन्त्रीले ताली ठोकी रहे, तर गोल भने दुवैटिमबाट हुन सकेन, तर अन्ततः ८० औं मिनेटमा खेलाडी परिवर्तनको हुलमुलमा प्रतिस्पर्धी बंगलादेशले गोल गर्न सफल भयो । त्यसमा पनि ओलीले ताली नै बजाए, बंगलादेशका खेलाडीको लागि । एउटा राष्ट्रप्रमुखले प्रतिष्पर्धी टिमको उत्कृष्ट प्रदर्शनमा ताली बजाउनु अनौठो होइन । राजनीतिका खेलाडी ओलीले मैदानका खेलाडीको भावना बुझ्नु सामान्य नै थियो र भयो पनि त्यस्तै ।

    त्यसपछिको १० मिनेट नेपाली दर्शक एवं समर्थक मन थाम्दै घडी हेर्न थाले । अन्ततः खेलको ९६ औं मिनेटमा रेफ्रीको सिठी फुकाइसँगै नेपालले सन् १९८४ गणेश थापाको टिमले उचालेको उपाधिपछि पहिलोपटक उपाधि पक्का गर्यो । त्यतिबेला नेपालले दक्षिण एशियाली फुटबल ९साग० को फाइनलमा भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो ।

    उद्घाटन गर्न पुगेका ओलीले जब नेपालले खेल जित्दै उपाधि नै हात पार्यो, तब उठेरै तालि बजाए । राष्ट्रिय टिमबाट अन्तिम खेल खेलेका पूर्वकप्तान विराज महर्जनलाई ‘बधाई छ’ भन्दै सम्मानस्वरुप कोट पहिर्याउँदै गर्दा विराजले भनेको ‘थ्याङ्क्यू’मा ‘वेलकम’ भन्न पनि छुटाएनन् ओलीले ।

    त्यसपछि उपविजेता बनेको बंगलादेश र विजेता बनेका नेपाली खेलाडीहरुलाई ओलीले पुरस्कार दिए । उपविजेता बंगलादेशले ३ हजार डलर र विजेता नेपालले ५ हजार डलर पुरस्कारस्वरुप पाए । विजेता नेपाली टिमका पूर्वकप्तान विराज महर्जनलाई अन्तिमपटक ट्रफी थमाउँदै गर्दा प्रधानमन्त्री ओली खुशीले गदगद भए भने विराजको आँखा भरियो । त्यसपछि सेलिब्रेसन गरिरहेको नेपाली खेलाडीको हुलमा ओली मिसिए र अनि फोटो सेसन गरे, जसले खेलाडीको मनोभावना राम्रोसँग बुझे । त्यहीबीचमा विजेता खेलाडीबाट सुनियो, ‘केपी बा वी लभ यू !’, ‘केपी बा वी लभ यू !!’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार