सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अनलाइन नेपाल
  • बुधबार, चैत्र १८ २०७७

  • 1.6K
    SHARES

  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आज सुनको मूल्यमा ४ सयले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच, आज चाँदीको मूल्य पनि घटेको छ ।

    मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार