Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौँमा फेरि चिनियाँ गिरोह सक्रिय, एटिएम ह्याक गर्दागर्दै पक्राउ

    काठमाडौँमा फेरि चिनियाँ गिरोह सक्रिय, एटिएम ह्याक गर्दागर्दै पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौँ। गत बर्ष नेपालमा बसेर प्रविधिमार्फत एटिएम ह्याक गरेर नेपालको अर्थतन्त्रमा प्रभाव पारेको चिनियाँ गिरोह फेरि सक्रिय भएको छ।

    दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेसँगै यो गिरोह पुन: सक्रिय रहेको खुलासा भएको छ।



    महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका बेला पक्राउ गरेको छ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार चिनियाँ नागरिक एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए। तर, प्रहरीले समयमै सावधानी अपनाएर पक्राउ गर्न सफल भएको सिंहले बताए।

    विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको एसएसपी सिंहको भनाइ छ।

    सिआओलङले ज्याठास्थित होटल मोन्टिसमा बसेर एटिएम ह्याकको योजना बनाएको खुलेको छ।

    एटिएम ह्याकमा संलग्न उनको साथबाट प्रहरीले १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ समेत बरामद गरेको छ।

    उनको गिरोहमा अन्य चिनियाँ नागरिकहरु पनि संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

    यसअघि गत बर्ष एटिएम ह्याकमा संलग्न दर्जनौं चिनियाँ नगरिकलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो।

    केहीलाई डिपोर्ट समेत गरिएको थियो। नेपालमा बसेर प्रविधिमार्फत धनमाल लुट्दै आएको चिनियाँ गिरोहमध्येका १ सय २२ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएपछि अवैध ढंगले आपराधिक गतिविधि गर्ने चिनियाँ गिरोहको टोली तितरबित्तर भएको थियो।

    पर्यटन भिषामा नेपाल छिरेका चिनियाँ नागरिकहरू भिसा म्याद समाप्त भए पनि उपत्यकाका भित्री र छेउछाउका घर तथा होटल भाडामा लिएर बस्दै आइरहेका छन् । चीनबाट नेपालमा आएर विभिन्न ठगीधन्दा गर्ने चिनियाँ गिरोहको सर्कल नै हुनसक्ने प्रहरीको आशंका छ।

    वाङ सिआओलङबाट प्रहरीले वरामद गरेकाे सामानहरू

    • मोवाईल थान ४
    • बिभिन्न किसिमको १० वटा चाबीहरु सहितको झुप्पा थान-१ ।
    • MAGERTYVIP लेखिएको ATMCARD थान-७ , UNION PAY लेखिएको ATMCARD थान-३ ।
    • APPLE कम्पनीको चर्किएको अबस्थामा रहेको Mac Book Pro थान-१ ऐ को चार्जर थान-१ ।
    • रातो रंगको PEOPELSREPUBLIC OF CHINA लेखिएको WANG XIAOLONG को पासपोर्ट थान-१ ।
    • चाईनिज भाषामा लेखिएको फोटो सहितको कार्ड थान-२ ।
    • CAMATON लेखिएको ड्रिल मेसिन थान-१ र ड्रिल मेसिनको ब्याट्री थान-१ र मेसिन छोप्ने कपडा थान २
    • BOKAIDL लेखिएको कालो झोला थान-१ ।
    • ड्रिल मेसिनको काटी थान ५१ , सुन्तला रंगको बट्टा थान -७ र पहेलो रंगको बट्टा थान-१ , ऐ को चार्जर थान १
    • सेतो रंगको चार्जर पोर्ट थान-३, सेतो र रातो रंगको टेप थान-२ ।
    • सेतो रंगको 250 V को USB चार्जर पोर्ट थान-२ , सेतो रंगको चार्जर वायर थान -५ ।
    • USBRESET लेखिएको सेतो रंगको ईन्टरनेट कनेक्टर थान-२ , BOYAN लेखिएको ३२ जि.बि. को पेनड्राईभ थान-२ ।
    • ROMOSS लेखिएको सेतो रंगको पावर बैंक थान-२ , सेतो रंगको तार सहित भएको ३२ जि.बि. को हिडेन क्यामेरा थान-४
    • चाईनिज Yuan – २३८२ , अमेरीकि ६५ Dollar , नेपाली  रु २११०
    • चाईनिज 5 दरका पहेलो रंगका सिक्का थान-१२ र चाईनिज १दरका सेतो रंगका सिक्का थान-८ ।
    • सेतो पहेलो रंगको चाबी थान-१ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार