Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

    सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि त्यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।



    कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् ।



    भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

    त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

    परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार