Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा गृहमन्त्रीको जोड

    सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा गृहमन्त्रीको जोड

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।

    आज गृह मन्त्रालयमा आव २०७७र७८ को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताए ।



    गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताए । उनले भने, “तथ्याङ्कले सीमामा बिओपीको सङ्ख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।”



    मन्त्री थापाले गृहमन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको उल्लेख गर्दै कार्यशैली परिमार्जन गरेर भएपनि ठोस उपलब्धि ल्याउन कर्मचारीलाई निर्देशन दिए । “हामीले तोकिएका हाम्रा लक्ष्यहरु किन समयमै पूरा गर्न सकेनौँ, कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ तर लापरवाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन”, उनले भने ।

    बैठकमा गृहमन्त्रालय अन्तर्गत नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार