नौ सयले बढ्यो सुनको मूल्य

नौ सयले बढ्यो सुनको मूल्य

अनलाइन नेपाल
  • बिहिबार, चैत्र १९ २०७७

  • 1.5K
    SHARES

  • नौ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

    महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले बढेको छ भने आजका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ तोकिएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार