Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • न्युरोडमा खुकुरी देखाउँदै दिउँसै लुटपाट, चार जना पक्राउ

    न्युरोडमा खुकुरी देखाउँदै दिउँसै लुटपाट, चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 7.7K
    SHARES

    काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा दिउँसै लुटपाट भएको छ।

    हिजो दिउँसो करिव ३ : ३० बजे न्युरोड खिचापोखरीस्थित ‘आईएमई’मा चार जनाले खुकुरी देखाएर लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।



    लुटपाट भएको खबर पाउनसाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४ जनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत र १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी रहेका छन्।

    आरोपीलाई लुटपाट गरेको केही घण्टामै पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी सिंहले बताए ।

    पक्राउ परेसँगै प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद भएको छ भने आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन् । लुटपाट भएको आइएमई हेम मल्ल र गोरख चन्दले संचालन गरेका थिए।

    एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वले सो आईएमई लुटेको र १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको अनुसन्धानमा खुल्न आएको छ।

    प्रहरीको प्राम्भिक अनुसन्धानबाट उनीहरु लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको समेत खुल्न आएको छ।

    यस घटनाको बिषयमा थप अनुसन्धान भइरहेको एसएसपी सिहंले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार