Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रचण्डलाई सर्वोच्चको ठुलो झड्का, नेकपा व्यूँताउने फैसला पुनरावलोकन नहुने

    प्रचण्डलाई सर्वोच्चको ठुलो झड्का, नेकपा व्यूँताउने फैसला पुनरावलोकन नहुने

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने भएको छ।

    आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना समेतको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंगलबार दिएको निवेदनमा पुनरावलोकन नगर्ने आदेश दिएको हो ।



    आजको इजलासले पुनरावलोकन नगर्ने भनी आदेश गरेसँगै गत फागुन २३ कै फैसला अन्तिम भएर बस्ने भएको छ।



    सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

    अदालतले पुनः नेकपामा फर्काउँछ र केपी ओलीलाई सत्ता र पार्टीबाट सधैंका लागि हटाउछौं भन्ने प्रचण्ड र माधव नेपालको अन्तिम आशा पनि खेर गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार