Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुर्य थापाले प्रचण्डप्रति सहानुभूति प्रकट गर्दै भने- सम्हालिनुहोस् र राजनीति गर्नुहाेस !

    सुर्य थापाले प्रचण्डप्रति सहानुभूति प्रकट गर्दै भने- सम्हालिनुहोस् र राजनीति गर्नुहाेस !

    आफैँले भाँड्न चाहेको एकता कति प्यारो हो ?

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आजको सर्वोच्च अदालतको फैसलालाई लिएर टिप्पणी गरेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा नेकपा एकताको बदरलाई पुनरावलोकन गरि पाऊँ भन्दै हालेको निबेदनमा अदालतको अब सुनुवाई नहुने भएपछि नेकपा नामको विवाद टुंगिएको छ।



    यसैबीच, प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत्  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कटाक्ष प्रकट गर्दै सर्वोच्च अदालतको फैसलामा लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन ? भन्दै गत फागुन २३ गते संसद् पुनर्स्थापनाका बेला तत्कालीन नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले लड्डु खाएको स्मरण गरेका छन्।



    अब पुनरावलोकनको रोइलो सकिको भन्दै नेता थापाले प्रचण्डप्रति सहानुभूति समेत प्रकट गर्दै सम्हालिन आग्रह गरेका छन्।

    उनले प्रचण्ड आफैँले भाँड्न चाहेको एकता कति प्यारो हो भन्दै राजनीति गर्न सुझाव दिएका छन्।

    https://twitter.com/ThapajiSurya/status/1377567730732204033

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार