Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ओलीको प्रश्न – प्रतिगमन भनेको ख्याल ठट्टा र स्याल ह्युइयाँ गर्ने हो ?

    ओलीको प्रश्न – प्रतिगमन भनेको ख्याल ठट्टा र स्याल ह्युइयाँ गर्ने हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमनबारे आफूविरुद्ध नेताहरुले गलत टिप्पणी गरेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुइया नमच्चाउन चेतावनी दिएका छन् ।



    उनले प्रतिगमनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले गलत प्रचार गरेको आरोप लगाए।



    उनले भने, ‘ख्याल ठट्टा हो प्रतिगमन भनेको ? प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन भन्ने ? के हो प्रतिगमन भनेको ? प्रतिगमन भनेर स्याल ह्युइयाँ गर्ने।’

    प्रधानमन्त्री ओलीले अदालतको आदेश अनुसार संसद पुनर्स्थापना भए पनि संसदको भूमिका प्रभावकारी नदेखिएको बताए । ‘संसदले न काम अघि बढाउन सक्छ, न केही गर्न सक्छ,’ ओलीले भने, ‘संसद तानातानको थलो बनेको छ ।

    ‘मैले पहिले भनेको थिएँ, सरकारलाई काम गर्न दिइएको छैन । अहिले पनि काम गर्न दिइया छैन.’ ओलीले भने।

    यस्तै, फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले याङ्ग्री र लार्केको पानी ३ अबको वर्षभित्र काठमाडौंमा ल्याउने अठोट गर्दै २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार