Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बसको प्यासेजमा फेला पर्यो ४३ लाख र नौं सेट तिलहरी !

    बसको प्यासेजमा फेला पर्यो ४३ लाख र नौं सेट तिलहरी !

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। प्रहरीले स्रोत नखुलेको लाखौँ रकम र नौं सेट तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगर पालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय सन्दीप कौशल रहेका छन्।



    शनिवार राति महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ फेला पारेपछि कौशललाई पक्राउ गरेको हो ।



    थानकोटको टोलीले दाङ तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर ३ -०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा सो रकम फेला परेको प्रहरीले जानकारी दिएको छ।

    चेकजाँचको क्रममा बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले पुरै र्‍यापिङ गरिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

    फेला परेको कार्टुनभित्र हरियो रङको छड्के तिलहरीको पोते ९ थान र ४३ लाख फेला परेको प्रहरी प्रमुख एसएसपी सिंहले जानकारी दिए।

    यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार