Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलमा एकैदिन १२ जनाको शव आइपुग्यो ! आफन्तसँगै देखिए बाबुराम भट्टराई पनि

    त्रिभुवन विमानस्थलमा एकैदिन १२ जनाको शव आइपुग्यो ! आफन्तसँगै देखिए बाबुराम भट्टराई पनि

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौँ। आइतबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए।

    भट्टराई वैदेशिक रोजजारीमा गएका १२ जना नेपालीहरूको शव आज विमानस्थलमा आउने खबर पाए सँगै विमानस्थल पुगेका थिए।



    १२ शवमध्ये दुई जना गोरखाका व्यक्तिको थियो।



    गोरखाको सिरानचोक गाउँपालिका ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।

    पूर्वप्रधानमन्त्री भट्टराई आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममास् निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न विमानस्थल पुगेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

    यसैबीच भट्टराईले पनि वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको सामाजिक सञ्जालमार्फ़त उल्लेख गरेका छन्।

    उनले लेखेका छन्, ‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र!’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार