Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पक्राउ परेका सहकारीका अध्यक्षले झण्डै ८० करोड रुपैयाँ ठगेको उजुरी !

    पक्राउ परेका सहकारीका अध्यक्षले झण्डै ८० करोड रुपैयाँ ठगेको उजुरी !

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 4.1K
    SHARES

    ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाई  झन्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा अध्यक्ष दिवाकार श्रेष्ठ रहेका छन् ।



    प्रहरीका अनुसार ललितपुरको कुमारीपाटीमा रहेको उक्त सहकारीका अध्यक्ष श्रेष्ठले संस्थाका पदाधिकारी तथा सर्वसाधरणलाई संस्थामा रकम जम्मा गराई बढी ब्याज दिने आश्वासन दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।



    अहिलेसम्म उनीविरूद्ध ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको ललितपुर परिसरमा उजुरी परेको छ । तर उनले योभन्दा पनि बढी ठगी गरिसकेको हुन पर्ने ललितपुर परिसरले आशंका गरेको छ।

    उनी १५-१६ दिनअघि आफू फस्ने देखेपछि फरार भएका थिए।

    ‘उनी १५ – १६ दिनदेखि फरार थिए दिनमै दुई-तीन ठाउँ फेर्दै लुकिरहेका थिए, हिजो चितवनबाट पक्राउ गर्‍यौं।’  एसपी महर्जनले भने।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लागेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार