Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आगामी बुधबारदेखि चिनियाँ खोप लगाउने सरकारको निर्णय

    आगामी बुधबारदेखि चिनियाँ खोप लगाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ ।

    मन्त्रालयले यस अघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।



    खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।



    चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।

    यस्ता छन्  चिनियाँ खोपका विशेषता:

    चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड र आस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

    उनका अनुसार सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

    यो खोप दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ।

    विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको उनले बताए ।

    यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार