Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ८५ वर्षीय आमाको सम्पती हिनामिना गर्ने राष्ट्र बैंककी अधिकृत पक्राउ

    ८५ वर्षीय आमाको सम्पती हिनामिना गर्ने राष्ट्र बैंककी अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी रहेकी छिन् ।



    ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।



    सिंहका अनुसार सुष्मालाई ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको र भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

    यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार