Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फेरी जनताको ढाड सेक्यो ओली सरकारले, दुई महिनामा चार पटक इन्धनको मूल्यवृद्धि

    फेरी जनताको ढाड सेक्यो ओली सरकारले, दुई महिनामा चार पटक इन्धनको मूल्यवृद्धि

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं। महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेका छन् ।

    सरकारले नेपाल आयल निगमभित्रको भ्रष्टाचार नघटाएपनि पटक- पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको हो ।



    आयल निगमले फागुनयता चार पटक इन्धनको मूल्य बढाएको छ ।



    मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि आज मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

    नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने वताइएको  छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

    सरकारको निर्देशनमा नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार भन्दै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको जनाएको छ ।

    यता, ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने क्रम अझै रोकिएको छैन ।

    निगमले बारम्बार नेपालबाट भारतर्फ इन्धनको तस्करी भइरहे पनि रोक्न भने सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार