Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानमन्त्रीले संसद्लाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुर्याए : रङ्गमती शाही

    प्रधानमन्त्रीले संसद्लाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुर्याए : रङ्गमती शाही

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। आजको संसद बैठकमा पुनःस्थापित संसद्लाई बेवास्ता गर्दै महत्वपूर्ण बिजनेसको बेवास्ता गरेको भन्दै सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

    जनप्रतिनिधिको थलो संसद् र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बेवास्ता गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको उनीहरुको गुनासो थियो ।



    यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले महत्वपूर्ण विधेयक अड्किएको अवस्थामा सरकारले संसद्लाई गतिहीन बनाएको टिप्पणी गरे ।



    उनले कांग्रेसले राजीनामा मागिसकेको सन्दर्भ तथा सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० ले कामचलाउ सरकार भनेको अवस्थामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्दैन भनी प्रश्न गरे ।

    कांग्रेसकै रङ्गमती शाहीले संसद् र सिंहदरबारमा उपस्थित नभएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाईन् । उनले संसद्लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जस्तो अवस्थामा पुर्याएको भनी कटाक्ष गरिन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका राजबहादुर बुढाक्षेत्रीले संसदलाई प्रभावकारी बनाएर लैजाने सबै राजनीतिक दलको दायित्व भएको बताउँदै प्रधानमन्त्रीबाटै जनादेशको उपेक्षा भएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार