Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रदेश -१ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

    प्रदेश -१ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.1K
    SHARES

    बिराटनगर। प्रदेश -१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।

    माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।



    आजको बैठकमा यसअघि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्यले प्रदेशसभा सचिवालयमा लिखित रुपमा हस्ताक्षर फिर्ता लिएपछि आङ्बोले सदनमा अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएका हुन्।



    मुख्यमन्त्री राईविरुद्द गत पुष १७ गते तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

    अविश्वासको प्रस्ताव फिर्ता लिएपछि आङ्बोले भने ‘सरकार र सभामुख ज्यूको मिलेमतोमा प्रदेशसभामा अविश्वास प्रस्तावको छलफल अघि बढ्न दिईएन,’ आङ्बोले भने, ‘सभामुख ज्यू सरकारको लाचार छायाँको रुपमा प्रस्तुत भएकाले प्रदेशसभामा गलत नजिर बस्न गएको हो ।’ सरकार पक्षका ५ जना प्रदेशसभा सदस्यले हात उठाउँदा १० दिनसम्म बैठक स्थगित गर्ने सभामुखले अब आफूहरुले पनि हात उठाउँदा बैठक स्थगित गर्छनरगर्दैनन् हेर्न बाँकी छ, उनले भने।

    यसअघि पनि बैठकअघि मुख्यमन्त्री राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए ।

    अब आगामी बैठक  चैत २६ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार