Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने गिरोहका नाइके प्रहरी फन्दामा

    जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने गिरोहका नाइके प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचौक गढी नगरपालिका वडा नम्बर ६ घर भई हाल भक्तपुर ढुन्चेपाखा हाईट बस्ने ३५ वर्षीय अर्जुन बहादुर केसी रहेका छन्।



    केसी जग्गाको काम गर्ने तथा पिसहोम नेपाल सुधार केन्द्र बनेपा पनौतिमा कार्यरत रहेका छन् । उनलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।



    काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार केसीले विगत २ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउहरुमा जुसमा नशालु पदार्थ मिसावट गरी अचेत पारेर धनमाल लुटपाट गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार