Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘निकुञ्जमा जाने पर्यटकलाई बीमाको व्यवस्था’

    ‘निकुञ्जमा जाने पर्यटकलाई बीमाको व्यवस्था’

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय निकुञ्ज भित्र हुने जोखिम व्यवस्थापनका लागि साढे ४ अर्ब बजेट थप्न लबिङ गरिरहेको बताएका छन् ।

    आज बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सार्ने क्रममा बोल्दै मन्त्री आलेले भने, निकुञ्ज जोखिमपूर्ण क्षेत्र भएको हुँदा यसको ब्यबस्थापनका लागि आफू लागिपरेको बताएका हुन्।



    मन्त्री आलेले निकुञ्जमा जाने पर्यटकहरूको सुरक्षाका लागि बीमाको व्यवस्था गर्न मन्त्रालयले पहल गरिरहेको समेत बताए।



    ‘बाहिरी तथा भित्री पर्यटकहरू राष्ट्रिय निकुन्जमा जाँदा शुल्क तिरेर जानुहुन्छ, तर, उहाँहरूको बीमाको व्यवस्था छैन, हामीले बीमाको व्यवस्थाका लागि छलफल अगाडि बढाएका छौं ।’ मन्त्री आलेले भने।

    उनले २२ गते बर्दीयामा निकुञ्जमा गैंडा गणना गर्नेक्रममा मृत्यु भएका कर्मचारीलाई श्रद्धाञ्जली समेत दिँदै आगामी दिनहरुमा यस्तो घटना नदोहोरिन आफूले पहल गर्ने प्रतिबद्दता व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार