Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १६ थान मुर्ती चोरेको अभियोगमा पक्राउ   

    १६ थान मुर्ती चोरेको अभियोगमा पक्राउ   

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.7K
    SHARES

    ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनार रहेका छन् । 



    मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्तीसहित ललितपुरको बालकुमारीबाट प्रहरीले पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।



    पक्राउ परेका सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको एसपी महर्जनले बताए। 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार