Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल पक्षको ओलीलाई च्यालेन्ज, बाग्मती प्रदेशमा छुट्टै कमिटी घोषणा (नामावलीसहित)

    नेपाल पक्षको ओलीलाई च्यालेन्ज, बाग्मती प्रदेशमा छुट्टै कमिटी घोषणा (नामावलीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै पार्टी भित्र समानान्तर कमिटी गठन गर्दै आएको छ।

    यसैबीच, आज पार्टी भित्रको सामानान्तर कमिटी गठनलाई निरन्तरता दिँदै खनाल-नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ।



    गत आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको यो पक्षले जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको हो ।



    यस्तो छ जिल्लाका इन्चार्ज अध्यक्ष र सचिवहरूकाे नामावली:

    • काठमाडौं- इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ
    • ललितपुर- अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन
    • भक्तपुर- इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ
    • नुवाकोट- अध्यक्षमा नारायण प्रसाद खतिवडा
    • सिन्धुपाल्चोक-  इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा
    • मकवानपुर- इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिव मिना लामा
    • सिन्धुली-  इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल
    • दोलखा- अध्यक्षमा भीम दाहाल
    • रसुवा- इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने
    • चितवन – इन्चार्ज कृष्ण खनाल र अध्यक्ष तेजेन्द्र खड्का
    • धादिङ- अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा
    • रामेछाप- इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ
    • काभ्रे- अध्यक्षमा  टोपबहादुर वाइवा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार