Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीको टांगमुनी छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा…. नत्र : माधव नेपाल

    ओलीको टांगमुनी छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा…. नत्र : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमाले खनाल-नेपाल पक्षका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुमाथि भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाएका छन्।

    आज काठमाडौँको बल्खुस्थित एक पार्टी प्यालेसमा बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले हिजो प्रचण्डसँग चोचोमोचो मिलाउने ओलीले आज हामीलाई चोचोमोचो मिलाउन पाइदैंन भन्दै प्रचण्डको कार्यकर्ता भनेर भावनात्मक रुपमा ब्ल्याक मेल गरेको भन्दै आरोप लगाएका हुन् ।



    ओली अध्यक्ष रहेको पार्टीमा कसैको खैरियत नरहेको भन्दै बरिष्ठ नेता नेपालले ओली समक्ष आत्मसमर्पण गर्ने वा दृढतापूर्वक उभिनेबाहेक आफूहरुसँग अरु विकल्प नरहेको बताए ।



    ‘ओलीको टांगमुनी छिर्ने र आत्मसमर्पण गर्ने भए अलग कुरा, नत्र ओली अध्यक्ष भएको पार्टीमा हाम्रो कुनै खैरियत छैन’ नेपालले भने, ‘ओलीले हाम्रो पक्षका सबै नेताहरुलाई पार्टीका सबै कमिटीबाट निकालिसके । आत्मसमर्पणबाहेक हामीलाई ओली गुटमा कुनै स्थान छैन ।’

    नवौं महाधिवेशनदेखि नै ओलीले अत्याचार थालेको भन्दै नेपालले पार्टीको तल्लो कमिटीसम्मै ओली प्रवृत्ति हावी रहेको बताए।

    अध्यक्ष ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेपनि आफुहरु नझुक्ने भन्दै उनले कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो बनाउने गरि आफूहरु अगाडि बढेको भन्दै जीत आफूहरुकै हुने दाबी समेत गरे ।

    कार्यक्रममा बोल्दै नेपालले केपी ओेलीको ताण्डव र तमासालाई अहिले दुनियाँले हेरिरहेको र ओलीले पार्टीलाई हुकुमी शैलीमा चलाउन चाहेकाले निरङ्कुशताको शिकार भएको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार