Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • घुस लिने महानगरका वडा सचिव पोखरेल अख्तियारको फन्दामा

    घुस लिने महानगरका वडा सचिव पोखरेल अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिए बापत घुस मागेकाे आराेपमा पोखरेलविरुद्द मुद्दा दायर गरेको हो।



    अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।



    पक्राउ परेका पोखरेलबिरुद्द बिगो चार लाख कायम गरी  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसारको सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को उपदफा (१) बमोजिम  विशेष अदालत काठमाडौंमा मुद्दा दायर  गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार