Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमालेसँग सम्झौता गर्दैन : देउवा

    काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमालेसँग सम्झौता गर्दैन : देउवा

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.3K
    SHARES

    झापा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।

    सभापति देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताए ।



    सोमबार झापा आइपुगेका सभापति देउवाले मंगलबारको कार्यक्रममा सरकारका विषयमा भन्दा पनि आफ्नो पार्टीको एकतामा बढी जोड दिए ।



    शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने दाबी गरे ।

    प्रजातन्त्र रक्षाका लागि हिजो राजतन्त्र हटाउनु परेको बताउँदै देउवाले सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए नेपाली काँग्रेसले सरकारको अगुवाइ गर्ने  बताए ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले मुलुकलाई वैचारिक र साङ्गठानिक अगुवाइ गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार