Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘नेपाल पक्षको समानान्तर कमिटी घोषणाको नतिजा प्रचण्डको पोल्टामा’

    ‘नेपाल पक्षको समानान्तर कमिटी घोषणाको नतिजा प्रचण्डको पोल्टामा’

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी भित्रका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि त्यसको नतिजा माओवादी केन्द्रको पोल्टामा पुग्ने आशंका गरेका छन् ।

    पछिल्लो समय नेकपा एमाले विभाजनउन्मुख बनेपछि नेताहरूको तहमा छेडखानी सुरु भएको बेला नेता थापाले सामाजिक सञ्जालमार्फत यस्तो आशंका व्यक्त गरेका हुन्।



    आज बिहान  ट्विटरमा ट्वीट गर्दै नेता थापाले खनाल-नेपाल पक्षको समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः भएको ठोकुवा गरेका छन्।



    सल्लाहकर थापाले नेकपा एमाले, जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि बताएका छन् । ‘जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भुल कसैले नगरौं,’ भन्दै पार्टीका कार्यकर्तालाई सचेत गराएका छन्।

    उनले लेखेका छन्, ‘समानान्तर कमिटीहरूको घाेषणाले अन्तत: माओवादी र प्रचण्डकाे पाेल्टामा नै पु-याउने निश्चितप्रायःछ । नेकपा(एमाले),जबज र सूर्य चिन्हकाे पक्षमा गाेलबन्द भएर नै विभाजनकाे समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताकाे कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगराैं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार