Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यस्ता छन् आजदेखि लगाइने चिनियाँ खोपका विशेषताहरु

    यस्ता छन् आजदेखि लगाइने चिनियाँ खोपका विशेषताहरु

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीन सरकारबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ ।

    चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप आजदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।



    उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ ।

    यस्ता छन्  चिनियाँ खोपका विशेषता:

    चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्ड र आस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

    उनका अनुसार सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

    यो खोप दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ।

    विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको उनले बताए ।

    यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार