Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरुको राजिनामा, मुख्यमन्त्री गुरुङको सरकार जनमोर्चाको हातमा

    गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरुको राजिनामा, मुख्यमन्त्री गुरुङको सरकार जनमोर्चाको हातमा

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2.3K
    SHARES

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका गण्डकी प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

    आज विहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपश्चात् उनीहरुले राजिनामा दिने भएका हुन् ।



    गण्डकीमा माओवादीबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन्।



    माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने र लिने परे सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने पार्टीका एक सांसदले अनलाइन नेपाललाई जानकारी दिए ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेको २७,  माओवादीका १२ सांसद छन् भने कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

    सबभन्दा ठूलो दल सांसद रहेका छन् ।

    माओवादीका मन्त्रीहरुले राजिनामा दिएपश्चात मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जनमोर्चाको साथको जरुरत देखिन्छ अन्यथा गुरुङ सरकार पनि धरापमा पर्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार