Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कांग्रेस संकटमा नपरेको सभापति देउवाको दावी

    कांग्रेस संकटमा नपरेको सभापति देउवाको दावी

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी चुनाव हार्दैमा सङ्कटमा नपरेको दावी गरेका छन्।

    आज पार्टीका स्वर्गीय नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले पार्टी चुनाव हार्दैमा सङ्कटमा नपरेको दावी गरेका हुन्।



    स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताउदै सभापति देउवाले छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी भएको स्मरण गरे।’केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,’ देउवाले भने ।



    आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको भन्दै देउवाले लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।

    त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताए । ‘लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीनेछ’, पौडेलले भने ।

    वरिष्ठ नेता पौडेलले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए।

    पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने पौडेलको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार