Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फर्निचरका सामानहरु चोरी गरेको अभियोगमा ४ जना पक्राउ 

    फर्निचरका सामानहरु चोरी गरेको अभियोगमा ४ जना पक्राउ 

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले कटहरी गाउँपालिका-१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका-८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार राय रहेका छन् । 



    उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा, हेण्डकटर, जेक्सो मेसिन, टिभी, मोवाईल, पानी तान्ने मोटर र विभिन्न हाते औजार चोरी भएको थियो। 



    घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामानसहित पक्राउ मंगलबार गरेको हो । 

    उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार