Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गृहमन्त्री थापा प्रतिगमनको मतियार बने : देव गुरुङ

    गृहमन्त्री थापा प्रतिगमनको मतियार बने : देव गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा मंगलबार बुझाएको छ।

    सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएपश्चात् प्रतिनिधिसभामा विजयी ४ सांसदको पद स्वत: निलम्बन भएको छ ।



    यसैबीच, माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीबाट मन्त्री बनेका सांसदहरुले दल परिवर्तन गरेकोले आफूहरुले दलीय विधानअनुसार नै चार जना सांसदलाई कारबाही गरेको स्पष्ट पारेका छन् ।



    तर, पार्टी परित्याग गरेका पार्टीका पूर्वमहासचिव एबं सरकारका गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई भने मंगलबारको निर्णयले कारवाही गरेको थिएन।

    थापालाई पार्टीले किन कारवाही नगरेको भन्ने संचारकर्मीहरुको प्रश्नमा पार्टीका मुख्य सचेतक गुरुङले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभाका सदस्य थापालाई समेत कारबाही गर्ने निर्णय भैसकेको बताउँदै अब एक/दुई दिनभित्रमा थापालाई पनि कारवाही गरिने जानकारी दिए।

    केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा गृहमन्त्री थापा प्रतिगमनको मतियार बनेको आरोप लगाउँदै नेता गुरुङले राष्ट्रघाती र जनघाती कदम चाल्नेहरुलाई पार्टी र जनताले ठुलो कारवाही गर्ने उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार