Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एएफसी कप-२०२१ प्ले अफ : त्रिभुवन आर्मीको परीक्षा श्रीलंकाको पुलिससँग

    एएफसी कप-२०२१ प्ले अफ : त्रिभुवन आर्मीको परीक्षा श्रीलंकाको पुलिससँग

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंकाको पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

    एएफसी कप-२०२१ प्ले अफ अन्तर्गतको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।



    घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ भने पाहुना टोली श्रीलंकाको पुलिसपनि जित निकाल्ने दाउमा छ।



    यदि आजको पहिलो खेलमा आर्मीले जित निकालेमा दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

    एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

    सहिद स्मारक ुएु डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्र क्लवको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार