Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा मात्रै ३३९ जना थपिए

    कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा मात्रै ३३९ जना थपिए

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ८०९ पुगेको छ ।

    यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।



    जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३६ रहेको छ ।

    हिजो नेपालमा २६६ जना संक्रमित थपिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार