Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रचण्डले भने – ओलीले दिउँसै रात पार्छन् (भिडियोसहित)

    प्रचण्डले भने – ओलीले दिउँसै रात पार्छन् (भिडियोसहित)

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2K
    SHARES

    रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

    आज सल्यानको सल्लेबजारमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।



    विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गरेको भन्दै ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले भने ‘गोर्वाचोभपथमा ओली चलिरहेका छन् ।’



    अहिले देश संघिय लोकतान्त्रिक गणतन्त्रामक अबस्थामा आइसकेको भन्दै देश निर्माणदेखि संबिधान निर्माण गर्नसम्म आफ्नो हात रहेको भन्दै प्रचण्डले शान्ति सम्झौताको स्मरण समेत गरे।

    कार्यक्रमममा प्रचण्डले जर्मन शाशक हिटलरको उदारहण दिँदै केपी ओली नामको व्यक्तिबाट आज देश अस्थिरतातर्फ गएको आरोप लगाउदै अहिले देशमा दिउँसै रात पार्ने काम गरेको बताए।

    देशमा राजनीतिक स्थिरता होस् भनेर केपी ओलीसँग मिलेर नेकपा एकता गरेको भन्दै देशमा राजनीतिक झगडा नहुने अपेक्षा गरेको प्रचण्डको भनाइ छ।

    तर, देशलाई नै संकटमा पार्ने षड्यन्त्रहरु भइरहेकाले सबै एकजुट भई लड्नुपर्ने समय आएको भन्दै सबै जनताहरुलाई आफ्नो आफ्नो ठाउँबाट लागिपर्न आग्रह गरे।

    अध्यक्ष प्रचण्ड हिजो रुकुममा आयोजित जनाअन्दोलन दिवसलाई सम्बोधन गर्न रुकुम आइपुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार