Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यी हुन् विश्वका शीर्ष १० धनाढ्य व्यक्तिहरु (कसको सम्पत्ति कति ?)

    यी हुन् विश्वका शीर्ष १० धनाढ्य व्यक्तिहरु (कसको सम्पत्ति कति ?)

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् ।

    फोर्ब्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी शीर्ष स्थानमा नै पर्न सफल भएका छन् । गतवर्ष पनि उनी शीर्ष स्थानमा नै थिए ।



    यस्तै, टेस्ला, स्पेसएक्सका मालिक ४९ वर्षीय एलन मस्क १६९.९ बिलियन डलरसहित दोस्रो स्थानमा रहेको छन् । यसवर्ष उनको सम्पत्तिमा ११६ मिलियन डलरको वृद्धि भएको छ ।



    फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । बर्नार्ड ७२ वर्षका भए ।

    यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ ।

    पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।

    कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ ।

    यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ ।

    यस्तै, भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ । -एजेन्सीको सहयोगमा 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार